पृथ्वीको अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (६ महिना अघि)
  • ९४ पटक पढिएको
पृथ्वीको अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

असाेज ३०, काठमाडौं । चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ ।

स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, सहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस