अमेरिकाको सिनेटमा रिपब्लिकनको बहुमत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ कार्तिक २१, बुधबार (५ महिना अघि)
  • ८० पटक पढिएको
अमेरिकाको सिनेटमा रिपब्लिकनको बहुमत

कात्तिक २१,काठमाडौँ । अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पुर्‍याएको छ। मंगलबार सकिएको मतदानपछि स्थानीय समयअनुसार बुधबार बिहान १ बजेदेखि मतगणना सुरू भएको थियो।

हालसम्मको मतगणनाबाट रिपब्लिकनले सिनेटमा बहुमत पुर्‍याइसकेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

अमेरिकाको ५० वटा राज्यबाट २/२ जना सिनेटर चुनिन्छन्। कुल १०० सिनेटरमध्ये रिपब्लिकनबाट ५१ जना सिनेटर चुनिने निश्चित भइसकेकाले यसपालि सिनेटमा रिपब्लिकनले सहज बहुमत प्राप्त गर्ने निश्चित भइसकेको छ।

रिपब्लिकनले आफ्ना सबै सिटहरू सुरक्षित गर्दै डेमोक्र्याटिकले जित्दै आएका पश्चिम भर्जिनिया र ओहियोबाट सिनेटर जितेसँगै अर्को वर्षदेखि सिनेटमा रिपब्लिकनको नियन्त्रण हुने निश्चित भएको समाचार संस्था रोयटर्सले लेखेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस