भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौँ आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (५ महिना अघि)
  • ६४ पटक पढिएको
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौँ आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

मंसिर ५, काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । उनी मंसिर ९ गतेसम्म नेपालमा रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस