युद्धविरामसँगै हमासले आज तीन बन्धक रिहा गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ७१ पटक पढिएको
युद्धविरामसँगै हमासले आज तीन बन्धक रिहा गर्ने

माघ ६, काठमाण्डौँ । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् ।

‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ’, बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस