अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

माघ १९, काठमाडौँ । अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । विमानमा ६ जना सवार रहेकोमा सबैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो। बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन्। वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस