अधिकांश अमेरिकी सङ्गठनद्धारा ट्रम्पको नीतिको विरोध

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • ४० पटक पढिएको
अधिकांश अमेरिकी सङ्गठनद्धारा ट्रम्पको नीतिको विरोध

माघ २१,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन् ।

उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई नै असर पर्ने चेतावनी दिएका छन् । नेसनल एसोसिएशन अफ होम बिल्डर्स, अमेरिकन अप्यारल एण्ड फुट वेयर एसोसिएशन, युनाईटेड वर्कर्स, डिस्टिल्ड स्पिरिट्स काउन्सिललगायतका संस्थाले विरोध जनाएका छन् ।

यस्तै ट्रम्पले क्यानडा, मेक्सिको र चीन माथि थपेको करले उद्योग जगत चिन्तित बनेको छ । हालै कर बढाइएका यी देशहरूले विरोध गरेका छन् भने अमेरिकालगायत एशियाली देशका उद्योगीले ट्रम्पको कर नीतिले व्यवसाय चौपट हुने चिन्ता व्यक्त गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले जवाफी कर लगाउने घोषणा गरेकी छिन् । यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि करको बदलामा कर लगाउने घोषणा गरेको खबरमा उल्लेख छ । चीनले पनि राष्ट्रपति ट्रम्पको कदमप्रति आपत्ति जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस