बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

माघ २२, काठमाडौँ । बेलायतका राजकुमार आज माघ २२ नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन लागेका हुन् । उनी बिहान १० बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी गराएको छ ।

आजै अपराह्न ४ बजे उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि ९माघ २३० ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस