कंगोको जेलब्रेकको त्यो समय : १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ७४ पटक पढिएको
कंगोको जेलब्रेकको त्यो समय : १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या !

माघ २५, काठमाण्डौँ । अफ्रिकी मुलुक कंगोमा जेलब्रेकका सिलसिलामा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ (यूएन)का प्रवक्ताले जानकारी दिएका छन् । गोमा सहरमा रहेको कारागारमा जेलब्रेकका सिलसिलामा भगौडा पुरुष कैदीहरूले आगजनी गरेका थिए ।

यूएन मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मागांगोले सीएनएनलाई दिएको जानकारी अनुसार भगौडा पुरुष कैदीबाट बलात्कृत भएका १६५ जना महिला कैदीमध्ये धेरै आगजनीमा मारिएका हुन् । बलात्कृत भएका ९ देखि १३ जना महिला कैदीमात्र बाँच्न सफल भएका छन् ।

विद्रोही र कंगोको सैनिकबिच गोमा सहरको नियन्त्रणका लागि भिडन्त चलिरहँदा गत जनवरी २७ मा पुरुष कैदीहरूले जेलब्रेकको योजना बनाएका थिए । त्यो दिन करिब ४ हजार कैदी फरार भएका थिए भने केही भने सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए ।

कंगोका सञ्चारमन्त्री प्याट्रिक मुयायाले पनि १६५ जना महिला कैदीको बलात्कार भएको पुष्टि गरे । उनले यस बर्बर अपराधको भर्त्सना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस