क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ माघ २७, आईतबार (२ महिना अघि)
  • ४४ पटक पढिएको
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

माघ २७, काठमाण्डौँ ।  क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ ।

भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।

भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस