जनवरीदेखि पूर्वी कङ्गोमा हिंसाले ७ हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १३, मंगलबार (१ महिना अघि)
  • ३९ पटक पढिएको
जनवरीदेखि पूर्वी कङ्गोमा हिंसाले ७ हजारभन्दा बढीको मृत्यु

फागुन १३, काठमाडौँ । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको हिंसाले गत महिनादेखि ‘सात हजारभन्दा बढी मारिएका छन्। तीमध्ये अधिकांश सर्वसाधारण रहेको कङ्गोका प्रधानमन्त्रीले सोमबार बताएका छन्।

‘पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ’, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भने। जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता भएको उनले जानकारी दिए।

‘तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्’, उनले थप एक हजार ५०० शव अझै शवगृहमा रहेको जानकारी दिँदै भने।

परिषद्को साइडलाइनमा आयोजित एक पत्रकार सम्मेलनमा मृतकहरू सर्वसाधारण वा सैनिक थिए भन्ने प्रश्नमा उनले भने, ‘हाललाई हामी यी सबै मानिसको पहिचान गर्न अझै सक्षम भएका छैनौँ ।’

रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।

संयुक्त राष्ट्र विशेषज्ञहरूका अनुसार करिब चार हजार रुवाण्डाली सैनिकद्वारा समर्थित एम २३ आन्दोलनले अब प्राकृतिक स्रोतहरूले समृद्ध, समस्याग्रस्त क्षेत्र पूर्वी डिआरसीको ठूलो भूभाग नियन्त्रण गरेको छ । यसको द्रुत अग्रसरताले हजारौँलाई भाग्न बाध्य पारेको छ ।

गत महिना उत्तर किवुको राजधानी र देशको पूर्वको मुख्य शहर गोमा कब्जा गरेपछि लडाकूहरूले दक्षिण किवु प्रान्तीय राजधानी बुकावुमाथि नियन्त्रण लिएका थिए ।

गोमामा मात्रै तीन हजारभन्दा बढी मानिस मारिएको प्रधानमन्त्रीले बताएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस