चैत्र २, काठमाण्डौँ । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ ।
कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूलाई ‘रातो’ मा राख्न सूची सुझाव दिएको जसका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिनेछ । ती देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन समावेश छन् ।