यमनमा हुथी समूहमाथि हुने सम्भावित आक्रमणको गोप्य योजना बाहिरियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ चैत्र १२, मंगलबार (३ हप्ता अघि)
  • ६२ पटक पढिएको
यमनमा हुथी समूहमाथि हुने सम्भावित आक्रमणको गोप्य योजना बाहिरियो

चैत्र १२,काठमाडौँ । यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ ।

अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो ।

द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गरेको बताइएको छ । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताएका छन्। आक्रमणबारे गोप्य सूचना कोही विद्रोही सैनिक वा विदेशी गुप्तचर एजेन्टबाट चुहावट नभई राष्ट्रपति निकट सहयोगी नै भएकाले ट्रम्पको समेत आलोचना भइरहेको छ । ट्रम्प प्रशासनले यसबारे थप समीक्षा गरिरहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस