कृष्ण सागरमा युद्धविराम गर्न रूस र युक्रेन सहमत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १४, बिहिबार (३ हप्ता अघि)
  • ५५ पटक पढिएको
कृष्ण सागरमा युद्धविराम गर्न रूस र युक्रेन सहमत

चैत्र १४, काठमाडौँ । रुस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौता गर्दै कृष्ण सागर ब्ल्याक सीमा नौसैनिकहरूबीच युद्धविरामका लागि सहमति जनाएका छन् । साउदी अरबमा तीन दिन चलेको शान्ति वार्तापछि यस्तो घटना क्रम विकास भएको हो । वाशिङ्गटनले ती सम्झौताहरू घोषणा गर्दै आफ्नो विज्ञप्तिमा सबै पक्षहरूले ‘बलियो र दिगो शान्ति’ तर्फ काम गरिरहने बताएको छ । यस सम्झौताले एउटा महत्त्वपूर्ण व्यापार मार्ग पुनः सञ्चालित गर्नेछ ।

ह्वाइटहाउसका अनुसार उनीहरूले एक अर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने पहिले नै गरिएको सहमति लागु गर्ने ‘उपायहरू तय गर्न’ प्रतिबद्धता समेत जनाएका छन् । तर रुसले आफ्ना खाद्य र मलखादका व्यापारविरुद्ध लगाइएका कैयौँ प्रतिबन्धहरू हटाइएपछि मात्र यस युद्धविराम लागु हुने जनाएको छ ।
अमेरिकी अधिकारीहरू रियादमा युद्धविराम गराउने उद्देश्यसाथ मस्को र किएभका वार्ताकारहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस