जम्मू-काश्मीरमा आतंकवादीको आक्रमण, एक नेपालीसहित २६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ बैशाख १०, बुधबार (४ घण्टा अघि)
  • ६१ पटक पढिएको
जम्मू-काश्मीरमा आतंकवादीको आक्रमण, एक नेपालीसहित २६ जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा पर्यटकमाथि आतंकवादीहरूले गरेको आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएकोे छ । मारिनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् ।

यस्तै दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन । आक्रमणमा थप ३६ जना घाइते भएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ । कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री मोदीले पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन् ।

घट्ना लगत्तै भारतीय गृहमन्त्री अमित शाह कस्मिर पुगेका छन् । विपक्षी नेता राहुल गान्धीले यो घट्नालाई हृदयविदारक भन्दै संघीय सरकारले उत्तरदायित्व लिनु पर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस