शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशख १७, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।त्यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख,जानकी फाइनान्सको ९ करोड ३२ लाख,गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मल्टीपर्पस फाइनान्सको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्सकोे सेयरमूल्य १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ९।९८ प्रतिशतले बढ्यो । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशत र…

पुरा पढ्नुहाेस्

शेयर बजार झिनो अंकले बढ्यो, सेन्सेटिभ इन्डेक्स ३५१.९५ विन्दुमा पुग्यो !

बैशाख १७, काठमाण्डौँ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने…

पुरा पढ्नुहाेस्

कलाकार सिपी लोहनीको निधन

बैशाख १७, काठमाण्डौँ । कलाकार सिपी लोहनीको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन् । उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए । ८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन् ।

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

बैशाख १७, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा…

पुरा पढ्नुहाेस्

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ ।हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६…

पुरा पढ्नुहाेस्

‘अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ’ : मन्त्री चौधरी

बैशाख १७, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताएकी छिन् । अस्ट्रेलियन एडको सहयोग तथा युएन वुमनको सहकार्यमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । सञ्जालका अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले द्वन्द्वपीडित महिला तथा बालबालिकाहरूकै लागि भनेर बजेट नतोकिएको भए पनि बजेटका…

पुरा पढ्नुहाेस्

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच लगानी सम्मेलनमा सम्झौता

बैशाख १७, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रालि बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत श्री विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ ।सम्झौतामा एम।ए।वि।सि। इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी श्री शिवराज दवाडी माधव दवाडीले दस्तखत गरे ।

पुरा पढ्नुहाेस्

इलाममा एमाले उम्मेदवार नेम्बाङ फराकिलो मतान्तरले अगाडि

बैशाख १७, काठमाडौँ । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्

उपचुनाव: बझाङमा एमालेका भण्डारी निर्वाचित

बैशाख १७,बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी भए । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत…

पुरा पढ्नुहाेस्

रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !

बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया टोलका आमा–छोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवकी करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैशाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार दुवै आमा छोरीविरुद्ध ज्यानसम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दामा सिरहा जिल्ला अदालतबाट १५ वैशाखदेखि लागू…

पुरा पढ्नुहाेस्