तराई मधेशमा तातो लहर बढ्ने क्रम जारी

बैशाख १८,काठमाडौँ । तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात (हिट वेभ) बढ्ने क्रम जारी छ । बिहानै तराई मधेशका ४ वटा जिल्लाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो तराईका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा माथि पुग्ने अनुमान छ । केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले आउँदो शुक्रवारसम्म तातो हावाको लहर बढ्ने भएको छ । पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने भन्दै महाशाखाले…

पुरा पढ्नुहाेस्

आईपीएल क्रिकेट: आज लखनउ र मुम्बई खेल्दै

बैशाख १८,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ । आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस जितेर…

पुरा पढ्नुहाेस्

सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

बैशाख १८,काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तथापि, यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६…

पुरा पढ्नुहाेस्

न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या ६ प्रतिशतले बढ्यो

बैशाख १८,काठमाडौँ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या ६ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा ६ प्रतिशतले धेरै हो । सरकारले १७ हजार तीन सय रुपैयाँ न्यूनतम पारिश्रमिक तोकेको छ । महासङ्घले हिजो सार्वजनिक गरेको ‘श्रम कानुन कार्यान्वयनको अवस्था’ मा श्रम अडिट प्रतिवेदन २०८० मा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था नाजुक बन्दै गएको उल्लेख छ । श्रमिक…

पुरा पढ्नुहाेस्

स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह

बैशाख १८,काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् । छानबिन बिना नै कुनै संस्था र व्यक्तिको मान मर्दन गर्न नहुने र अन्य प्रमुख समाचार गृहले पनि यस्ता विषयमा पाठ सिक्नुपर्ने बताएका छन् । उनले भनेका छन्–‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका ुडार्क फाइलु समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य…

पुरा पढ्नुहाेस्

गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

बैशाख १८, काठमाण्डौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्रीको बहुमत रहे नरहेको बहुमतको वैधानिकता परीक्षण प्रदेश सभाबाटै गर्न संवैधानिक, व्यवहारिक र अन्तिम विकल्प हुँदा विकल्पको बाटोको प्रयोग नभइ अपरिपक्वताको अवस्थामा देखिँदा रिट निवेदनको मागबमोजिमको आदेश जारी गरिरहन पर्ने अवस्थाको विद्यमानता नदेखिँदा रिट निवेदन खारेज हुने सर्वोच्चको आदेशमा…

पुरा पढ्नुहाेस्

इजरायल र हमासबीच युद्ध विराम हुने

बैशाख १८, काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक…

पुरा पढ्नुहाेस्

भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्दा २ युवतीको मृत्यु, १२ जना घाइते

बैशाख १८, काठमाण्डौँ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो । आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । घाइते सबैलाई उपचारको लागि…

पुरा पढ्नुहाेस्

इलाम २ मा रास्वपाको धरौटी नै जफत !

बैशाख १८, काठमाडौँ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जमानत जफत भएको छ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाले ५ हजार ५० मत मात्र ल्याएपछि जमानत जफत भएको हो । रास्वपाका उम्मेदवार मिलन लिम्बु माओवादी केन्द्र त्यागेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो । उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत…

पुरा पढ्नुहाेस्

आजको मौसम : केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

बैशाख १८, काठमाडौँ । मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । मंगलबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी…

पुरा पढ्नुहाेस्