इजरायल र हमासबीच युद्ध विराम हुने

बैशाख १८, काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक…

पुरा पढ्नुहाेस्

भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्दा २ युवतीको मृत्यु, १२ जना घाइते

बैशाख १८, काठमाण्डौँ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो । आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । घाइते सबैलाई उपचारको लागि…

पुरा पढ्नुहाेस्

इलाम २ मा रास्वपाको धरौटी नै जफत !

बैशाख १८, काठमाडौँ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जमानत जफत भएको छ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाले ५ हजार ५० मत मात्र ल्याएपछि जमानत जफत भएको हो । रास्वपाका उम्मेदवार मिलन लिम्बु माओवादी केन्द्र त्यागेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो । उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत…

पुरा पढ्नुहाेस्

आजको मौसम : केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

बैशाख १८, काठमाडौँ । मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । मंगलबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी…

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर…

पुरा पढ्नुहाेस्

दुईदिने लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौताहरु

बैशाख १८, काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको बताए । लगानीकर्ता नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ । ‘लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । सम्मेलनका क्रममा आइतबार तीनवटा सम्झौता सम्पन्न भएका थिए । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा…

पुरा पढ्नुहाेस्

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

बैशाख १८, इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भ्रएका छन् ।उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गरेका हुन् । विजयी भएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशख १७, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।त्यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख,जानकी फाइनान्सको ९ करोड ३२ लाख,गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मल्टीपर्पस फाइनान्सको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ । आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्सकोे सेयरमूल्य १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ९।९८ प्रतिशतले बढ्यो । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशत र…

पुरा पढ्नुहाेस्

शेयर बजार झिनो अंकले बढ्यो, सेन्सेटिभ इन्डेक्स ३५१.९५ विन्दुमा पुग्यो !

बैशाख १७, काठमाण्डौँ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने…

पुरा पढ्नुहाेस्

कलाकार सिपी लोहनीको निधन

बैशाख १७, काठमाण्डौँ । कलाकार सिपी लोहनीको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन् । उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए । ८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन् ।

पुरा पढ्नुहाेस्