रास्वपाबाट मन्त्री बन्नेको नाम टुङ्गो लाग्यो

माघ ३,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ। पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् ।

एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका छन् भने शिक्षा मन्त्रीमा शिखिर खनालको नाम टुंगो लागेको छ।

यसैगरी डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

संम्बन्धित समचार

Leave a Comment