‘आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्दैन’ : सुवास नेम्वाङ

जेठ १२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका छन् ।

नेम्वाङले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो सरकाले यसको जवाफ दिनुपर्ने भन्दै आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताएका हुन् ।

पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए । यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङको छ ।

संम्बन्धित समचार

Leave a Comment