अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास गर्ने

बैशाख ३१, काठमाडौँ । अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ।

नेपाली सेनाका अनुसार विपत्का बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदै छ।

तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्यान्ड, जापान, मंगोलिया, मालदिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागि हुने सेनाले जनाएको छ।

तालिममा हरेक देशबाट एक सैनिक अधिकारी र एक गैरसैनिक अधिकारी सहभागी हुँदै छन्।

तालिम जेठ ५ गतेदेखि पोखरामा हुने नेपाली सेनाका प्रवक्त विज्ञानदेव पाण्डेले बताए।

संम्बन्धित समचार

Leave a Comment