कोरोनाबाट जोगिन सरकारको पूर्वतयारी : भ्रमण वर्ष रोक्नेदेखि विमानस्थलमा जाँचसम्म

फाल्गुण २०, काठमाण्डौ । कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले पूर्व तयारी तीव्र पारेको छ । मिर्गौला प्रत्यारोपणको तयारीमा लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारले कोरोनाको सम्भावित जोखिमबाट बच्न विभिन्न तयारी थालेको हो । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिएका छन् ।

नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष सान्दर्भिक नहुने भएकाले यसलाई स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

संम्बन्धित समचार

Leave a Comment