साझा यातायातको लामो दूरीका बस आजबाट चल्ने, यस्तो छ रुट

असोज ७, काठमाडौ । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । आज साँझदेखि बस सेवा सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनको अनुसार काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र  बुटवल-भैरहवा-सुनौली रुटमा बस चल्नेछ  । यस्तै सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्ने छ ।

यसअघि साझाको लामो दूरीको बस सेवा कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment