एन्टिजेन परीक्षणको शुल्क लिने सुमेरु हस्पिटललाई कारबाही

असोज १०, काठमाडौँ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित एक निजी अस्पताललाई कारबाही गरिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि ३० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

सहायक प्रजिअ बस्नेतले भने, ‘सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली आज अस्पताल पुगेको थियो । अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइएको हो ।

तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको उनले बताए ।

बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।

संम्बन्धित समचार

Leave a Comment