समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

पौष २, काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरेका छन् । निर्वाचन आयोगले यही पुस ३…

पुरा पढ्नुहाेस्

समानुपातिकलाई प्रमाणपत्र ३ गते वितरण हुने

पौष २, काठमाण्डौ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुस ३ गते आइतबार अपराह्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने बताउनुभयो। प्रवक्ता पौडेलले भन्नुभयो, “समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालयमै रहेकाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश…

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले ४ पुसमा जलपान कार्यक्रम राख्ने

पौष १, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ । यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन् । गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

पुरा पढ्नुहाेस्

भालुववाङमा भाडामा भवन खोज्दै लुम्बिनीका दुई मन्त्रालय

पौष १, काठमाडौ ।  लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुववाङ) मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । दाङ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कृषि मन्त्रालयका लागि वडा नं २ मा र शिक्षा मन्त्रालयका लागि वडा नं ८ मा भवन तयारी अवस्थामा राखिएको छ । बिहीबार मन्त्रालयका सचिवहरू आएर त्यो भवन हेरिसकेको उनले बताए । “मन्त्रालयका सचिवहरू आएर भाडामा भवन लिने भनी सबै हेरिसक्नुभएको छ”, उनले भने, “एक हप्ताभित्रमा उहाँहरू…

पुरा पढ्नुहाेस्

एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

पौष १, काठमाण्डौ । सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे। पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्। एकातिर कांग्रेसको संसदीय दलको नेता नै को बन्ने भन्ने टुंगो छैन। त्यहाँ आकांक्षी पनि धेरै छन्। महामन्त्री गगन थापा, नेता…

पुरा पढ्नुहाेस्

बदर मत २०४८ यताकै बढी

पौष १, काठमाण्डौ । गत वै शाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयो गले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन । २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो । जिल्लागत आधार मा हेर्दा प्रतिनिधि…

पुरा पढ्नुहाेस्

संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

पौष १, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा। शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा। कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् । कांग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा। शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी…

पुरा पढ्नुहाेस्

धनुषा ४ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

मंसिर २८, काठमाडौं । धनुषा ४ का प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव पुनः मत गणनाको माग गर्दै सर्वोच्च पुगेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामा असहमति जनाउँदै नेता यादवले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । उनले रिटमा मत पुन दोहो¥याए गन्न अदालत समक्ष माग गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठलाई विपक्षी बनाइएको छ । एमाले उम्मेदवार महासेठ यादव…

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्ने

मंसिर २८, काठमाण्डौ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताए । मतदानको १६ दिनपछि २० मंसिरमा प्रतिनिधिसभाको २७५ र प्रदेश सभाको ५५० क्षेत्रको मतगणना सकाएको आयोगले २१ गते दलहरूलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । २४ मंसिर अबेर रातिसम्म नामावली बुझाएकामध्ये पाँच दलको सूची त्रुटिपूर्ण थियो ।…

पुरा पढ्नुहाेस्

पुनः मतदान हुनुपर्ने भन्दै झलनाथ खनालले दिए सर्बोच्चमा रिट !

मंसिर २७, काठमाण्डौ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलामको क्षेत्र नम्बर १ को निर्वाचन बदर हुनुपर्ने माग राखेर सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मंगलबार खनालले धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै सर्बोच्चमा रिट दिएका हुन् । उनले आफ्नो रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गरेका छन् । इलाम–१ बाट खनाललाई २ हजार ६६४ मतान्तरले हराउँदै नेकपा ९एमाले०का महेश बस्नेत निर्वाचित भएका थिए । बस्नेतले २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए, भने खनालले…

पुरा पढ्नुहाेस्