गोविन्दराज जोशीलाई ‘कैंची’ चुनाव चिन्ह

आश्विन २६,तनहुँ । तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो ।

स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैंची पाएका थिए । जोशीले रातोपाटीसँग भने– ‘स्थानीय निर्वाचनमा पनि हामीले कैंची चुनाव चिन्ह पाएका थियौं । अहिले मैले पनि कैंची नै पाएको छ । यसले प्रचारका लागि सजिलो हुन्छ ।’

संम्बन्धित समचार

Leave a Comment