प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, रास्वपालाई गृह मन्त्रालय दिने/नदिने विषयमा छलफल !

माघ २१, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली शुक्रबार बिहान बालुवाटार पुगेका हुन् ।

आजको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए। लामिछानेले आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् ।

स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने धम्की दिएको छ । माघ १९ गते बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको थियो । स्वतन्त्र पार्टीले दिएको समय आज सकिँदै छ ।

संम्बन्धित समचार

Leave a Comment