चालु आवको आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि २.१६ प्रतिशत हुने

जेठ १४, काठमाण्डौँ । चालु आर्थिक वर्ष २०७९र८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।

केही समयअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो ।

विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने समेत बताएको थियो । सरकारले यही प्रक्षेपणलाई आधार लिएको हो । विश्व बैंकले नेपालको यो वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतको वृद्धि हासिल हुने उल्लेख गर्दै आएको छ ।

संम्बन्धित समचार

Leave a Comment