अब बैँकमा पैसा राख्ने भन्दा ऋण लिनेलाई सहज हुँदै, मासिक घटेको ब्याजदरले रेकर्ड बनाउँदै !

बैशाख ३, काठमाण्डौँ । बैकहरुको ब्याजदरमा घट्दो ट्रेन्ड छ । बैंकहरुको निरन्तर ब्याजदर घट्दा मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताभन्दा कर्जा लिने ग्राहकलाई धेरै फाइदा भएको देखिएको छ ।

बैंकहरुले बैशाख महिनाका पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत कायम भएको छ ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर बेस रेट महिनैपिच्छे घटन् थालेको छ । आधार दर घट्दा बैंकबाट कर्जा लिने ग्राहकलाई ब्याजदर सस्तो पर्न जान्छ ।

हाल बैंकहरुको औसत आधार एकल अंकमै छ । बैंशाख महिनाको औसत आधार दर ८.८५ प्रतिशत छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । तर, अहिले बैङ्कहरूले सहज रूपमा एकल अङ्कको ब्याजदरमै ऋण लगानी गर्ने अवस्थामा देखिएका हुन् । बैंकबाट ऋण लिन चाहानेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । हाल बैंकहरुबाट ऋण लिँदा अधिकतम १४ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने देखिन्छ ।

हाल सबैभन्दा धेरै कम आधार दर भने स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । हाल स्ट्याण्डर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । यी बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिएको हो । यस्तै, नेपाल बैंक र एभरेष्टबाट ऋण लिँदा पनि सस्तो ब्याज पर्ने देखिन्छ । हाल यी दुई बैंकको आधार दर क्रमशः ८.२७ प्रतिशत र ८.३९ प्रतिशत छ ।

हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ८.४७ प्रतिशत, नबिलको ८.६१ प्रतिशत, प्रभुको ८.६२, सानिमाको ८.६७, सिद्धार्थको ८.७५, ग्लोबल आइएमईको ८.७७ र कृषि विकास बैंकको ८.८८ प्रतिशत छ ।

यस्तै, माछापुच्छ्रे बैंकको आधार दर ९.०१ प्रतिशत, नेपाल एसबिआईको ९.०३ प्रतिशत, एनआइसी एशियाको ९.१३, एनएमबिको ९.१३, सिटिजन्सको ९.५८, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत छ ।

सबैभन्दा धेरै आधार दर भने हिमालयन बैंकको देखिएको छ । बैंकको आधार दर ९.८५ प्रतिशत छ । यता, प्राइम बैंकको ९.६७ प्रतिशत, कुमारीको ९.७४ प्रतिशत रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment