‘नेपालको शिक्षा, स्वास्थ्य प्रभावकारी होस’ : भारतीय महावाणिज्य दुत मिना

दिपू वर्णवाल

बैशाख ४, वीरगञ्ज । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत बस तथा एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै नेपालको शिक्षा स्वास्थ्य प्रभावकारी होस वीरगञ्ज भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् । शिक्षा स्वास्थ्य क्षेत्रमा बस तथा एम्बुलेन्सको पहिचान गरि वितरण गरिएको भारतिय महावाणिज्य दुत मिनाले बताए । वीरगञ्ज महावाणिज्य दुतवासले वितरण गरेको सवारी साधनको सदुपयोग होस भनेर कामना गरे ।

सन १९९४ देखि भारत सरकारले भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गर्दै आएको महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् । वर्षौ देखि भारत र नेपालको सम्बन्धलाई सुमुधर बनाउन तत्पर तयार रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झालाई एम्बुलेन्स, गौशाला मल्टिपल क्याम्पस महोत्तरीका चिफ दुर्गा प्रसाद सिह दुनुवारलाई बस, श्री सेकेण्डरी स्कुल मिथिलेश्वर मौवाही धनुषाका प्रधानाध्यापक राम जिवन दोहालाई मिनी बस र जनता सेकेण्डरी स्कुल सर्लाहीका प्रधानाध्यापक फौज सिहलाई मिनी बस वितरण गरिएको महावाणिज्य कन्सुल शशीभुषण कुमारले जानकारी गराएका छन् । आएका सम्पूर्ण अतिथिलाई कुमारले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झाले एम्बुलेन्स बुझदै भारतिय सरकारको सरनिय कार्य रहेको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एम्बुलेन्स नभई नहुने रहेको उनले बताए । ग्रामीण भेगमा जटिल रोगी, गर्भवती, दुर्घटना भएका बिरामीलाई एम्बुलेन्स अति आवश्यक रहेको डा झाले बताए । दाता सहयोगीहरूले दिएको सम्पत्ति आफ्न सम्पत्ति झै रेखदेख गरि राख्नुपर्ने उनले बताए । जिपिएस जडित एम्बुलेन्समा क्यामरा, आधुनिक टेक्नोलॉजी रहित रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment