साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

बैशाख ४, पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले पुष्टि गरे ।

कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

संम्बन्धित समचार

Leave a Comment