नेपाली राजदूतावास मलेसियामा कर्मचारी छनौटमा अनियमिता गरेको आरोप

माघ २० । क्वालालम्पुर । नेपाली राजदूतावास मलेसियामा बिगत लामो समय देखि नै कर्मचारी छनौटमा अनियमितता, अपारदर्शिता र निष्पक्षता नभएको पाइएको छ । राजदूतावासले कर्मचारी आवश्यकताको लागि दरखास्त आब्हान गर्ने तर सयौ जना आवेदकहरुले आवेदन दिदा पनि कर्मचारी छनौटको प्रक्रिया नपु¥याई भित्र भित्रै आफ्नो मान्छे नियुक्ती गर्र्नेे गरेको पाइएको छ ।

दूतावासले दरखास्त आब्हानको सूचनामा माग गरे बमोजिमको मापदण्ड, योग्यता र नियमावली अनुसार कर्मचारी छनौट नगरेको पाइएको छ । ‘‘दरखास्त आब्हानको सूचना त, हामी जस्ता आवेदकहरुलाई झुक्याउने र आफ्नो मान्छे भर्ती गर्ने बहाना मात्र ग¥यो” –राजदूतावासमा काम गर्नका लागि आवेदन दिँदै आएका सैयों आवेदकले बताए । हरेक बर्ष आफ्नै मान्छे दूतावासको कर्मचारी नियुक्ती गर्नू थियो भने जनताको आँखामा भ्रम भैलाउनका लागि दरखास्त आब्हान को सूचना जारी नगरेको भए हुन्थयो, हरेक बर्षको बिज्ञापनमा आफ्नो मान्छे राखेकामा गुनासो छैन तर निष्पक्ष, सुक्ष्म र सहि ढंगले लिखित, मौखिक परिक्षा र अन्र्तवाता लिएर उक्त ब्यक्तिको शैक्षिक योग्यता र चरित्र हेरेर मात्र नियुक्ती गरियोस् भन्ने हाम्रो अनुरोध हो, – आवेदकहरुले थपे ।

०९।६।२०१६ मा नेपाली राजदूतावास मलेसियाले जनसम्पर्क अधिकृतको लागी दरखास्त आव्हान गरिएकोमा कर्मचारी छनौटको कुनै प्रक्रिया नपु¥याई रविलाल भट्टलाई नियुक्ति गरिएको थियो । नेपाली राजदूतावास मलेसियाका लागि तत्कालिन महामहिम राजदूत डा. निरन्जनमान बस्न्यातले नेपाली कांग्रेस जनसम्पर्क मलेसियाका सभापति एवं पंगेनी ह्यूमन रिसोर्स प्रा.लि.का डाइरेक्टर चोलाकान्त पंगेनीको ठाडो आदेशमा रबिलाल भट्टलाई नेपाली राजदूतावास मलेसियाको जनसम्पर्क अधिकृत पब्लिक रिलेसन अफिसर)को रुपमा नियुक्ति गरिएको थियो । यद्यपि हाल रवि लाल भट्टलाई मलेसियाका श्रमिकहरुसंग अबैद्यानिक रुपमा रकम असुल गरेको आरोपमा २०७६ असोज २७ मा नव नियुक्त राजदूत महामहिम उदय राज पाण्डेले निलम्बन गरि सक्नु भएको छ ।

तत्कालिन नेपाली राजदूतावास मलेसियाका लागि राजदूत महामहिम डा.निरन्जनमान बस्न्यातका ड्राइभर प्रविण प्रधानलाई मेनपावर ब्यवसायमा संलग्न रहेको आरोपमा तत्कालिन कार्यबाहक राजदूत कुमार खरेल, प्रथम सचिव बिनोद मुखिया र द्वितिय सचिव महेश्वर मणी त्रिपाठीको संयुक्त टोलीले निलम्बन गरेको थियो । त्यस पश्चात रिक्त रहेको सवारी चालकको पदका लागि दुतावासले मिति ११।०६।२०१८ मा दरखास्त आब्हान गरेको थियो, सो सवारी पद चालकमा मलेसियाको पेनाङ भन्ने ठाउँमा रहेर अवैद्य रुपमा मुद्रा अवचलन(हुण्डी) ब्यबसायी राजु अनुपम ले चिनिने श्री डिल्ली धिताललाई फेरी पनि नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाका सभापति श्री चोलाकान्त पंगेनी र मलेसियामा रहेर मेनपावर ब्यबसाय गर्ने श्री सन्तोष कार्कीको ठाडो आदेशमा डिल्ली धिताललाई ड्राइभरको रुपमा नियुक्त गरेको थियो । यद्यपि श्री डिल्ली धिताल र रविलाल भट्टलाई २०७६ असोज २७ मा दुवै जनाले मिलेर अवैद्यानिक भएर नेपाल फर्कने नेपालीहरुलाई चर्को रकम असुलेको आरोपमा नेपाली राजदूत मलेसियाले निलम्बन गरिसकेको छ ।

२२ अक्टोबर २०१८ मा नेपाली राजदूतावास मलेसियाले २ जना कर्मचारीको लागि दरखास्त आब्हान ग¥यो । त्यसमा पनि तत्कालिन कार्यबाहक राजदूत श्री कुमार खरेल, द्वितिय सचिव महेश्वर मणी त्रिपाठी, द्वितिय सचिव प्रेम राज गौतमको संयूक्त छनौट टोलीले कर्मचारी छनौटको कुनै पनि प्रक्रिया नपु¥याएर आफ्नो मान्छे राखेको आरोप छ ।

कुनै पनि कार्यालय वा संघ संस्थाले कर्मचारी छनौट गर्दा कर्मचारी छनौटको नियमावलीलाई अबलम्बन गर्दै निष्पक्ष, पारदर्शिता र सुक्ष्म ढंगले गर्नु पर्ने हुन्छ । अझ लोक सेवा आयोग नेपालको कर्मचारी छनौट प्रक्रियालाई मध्यनजर नै गर्ने हो भने , कुनै पनि कार्यालयले दरखास्त आब्हानको लागि बिज्ञान दिए पश्चात निबेदकहरुको निबेदन संकल गर्ने, छनौट सूचि तयार गर्ने, सम्भब भए सम्म लिखित र प्रयोगात्मक परिक्षा लिने र अन्तिम छनौटका लागि अन्र्तवार्तामा बोलाई सफल आवेदकहरुको नाम सूचना पार्टीमा अथवा वेवसाईटमा प्रकाशित गर्नु पर्ने हुन्छ । यो बिषयमा नेपाली राजदूतावासका सम्पूर्ण अधिृकतहरु जानकार हुँदा हुँदै पनि २१ अक्टोबर २०१९ मा नेपाली राजदूतावास मलेसियाले फेरी पनि २ जना कर्मचारीहरुको दरखास्त माग्यो । दूतावासल फेरी पनि कर्मचारी छनौट प्रक्रिया नै नपु¥याएर अपारदर्शि ढंगले ३ महिना ११ दिन पछि दुतावासमा कार्यरत कर्मचारीहरुको आफन्तहरुलाई नै दुतावासको कर्मचारीको रुपमा नियुक्त गरेको पाइएको छ ।

संम्बन्धित समचार

Leave a Comment