देशभरी कोरोना संक्रमित संख्या ४२ पुग्यो: स्वास्थ्य मन्त्रालय

बैशाख ९,काठमाडौँ । उदयपुरमा थप १२ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार जिल्लाको त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।

उनिहरुको संसर्गमा रहेका २ सय ६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २०जनाको हाल परिक्षण भइरहेको छ ।

अन्य ६९ जनाको परिक्षणको लागि विराटनगर स्थित कोशी अस्पतालमा सोमबार नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टि भएकोले निजहरुलाई हाल विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागी पठाइएको छ ।

संम्बन्धित समचार

Leave a Comment