असार ८, काठमाडौँ । तेइस महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएको छ । विधेयक बहुमतबाट पारित भएको हो । वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिका लागि न्यूनतम सात वर्षको समयसीमाको व्यवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी राजपा नेपाल, समाजवादी पार्टी र सांसद बृजेशकुमार गुप्ताले फरक मत दर्ता गरेका छन् । सोबाहेकका अन्य व्यवस्थामा भने सहमतिबाटै पारित भएका हुन् । विधेयकका अन्य केही व्यवस्थामा नेपाल मजदुुर किसान पार्टीका सांसद प्रेम सुवालका पनि फरक मत छन् । समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत रहेको छ ।
संम्बन्धित समचार
-
इलाममा एमाले उम्मेदवार नेम्बाङ फराकिलो मतान्तरले अगाडि
बैशाख १७, काठमाडौँ । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर... -
उपचुनाव: बझाङमा एमालेका भण्डारी निर्वाचित
बैशाख १७,बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार... -
रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !
बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया...