कोरोनामुक्त भए नेता गुप्ता: “नियमित व्यायाम,पर्याप्त आराम र उच्च आत्मविश्वासले कोरोनालाई जिते”

भाद्र १०, पर्सा । नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला सदस्य प्रभाकर गुप्ता कोरोना मुक्त भएका छन् । संक्रमण पुष्टि भएको १२ औँ दिनमा गरिएको परिक्षणमा उनमा कोरोना नेटेगिभ देखिएको हो ।

यसअघि संक्रमितको क्लोज कन्ट्याक्टमा आएका नेता गुप्ता परिक्षण अगावै होटेल क्वारेन्टाइन बसेका थिए । होटेल क्वारेन्टाइन बसेको ५ औँ दिनमा कोरोना पोजिटिभ देखिएपछि आफु होम आईसोलेसन बसेको उनी बताउँछन् ।

नेपालपोष्टसँग कुराकानी गर्दै नेता गुप्ताले भने, “एक जना दाईसँग नियमित सम्पर्कमा थिए । पछि उनमा कोरोना पुष्टि भयो । आफुमा पनि संक्रमण हुन सक्ने भन्दै घर नगएर होटेलमा क्वारेन्टाइन ७ दिन बसे । ५ औँ दिनमा संक्रमण पुष्टि भयो, अनि होम आईसोलेसनमा सरे ।”
चिकित्सकको सल्लाह अनुसार आफु होम आईसोलेसन बसेको उनको भनाई छ । कोरोनाको कुनै लक्षण नदेखिएका कारण होम आईसोलेसन बसेको उनी बताउँछन् । होम आईसोलेसन बस्दा आधारभुत सावधानीका अपनाउनुका साथै प्रतिरोधात्मक क्षमता उच्च बनाउने औषधी र पोषिलो खाना नियमित सेवन गरेको अनुभव उनले सुनाए । उनका अनुसार नियमित पोषणयुक्त खाद्य सामाग्रीको सेवन गर्ने हो भने कोरोनाले छुनै सक्दैन ।

१९ दिनको आईसोलेसन बसाईका क्रममा प्रतिरोधात्मक क्षमता उच्च बनाउने औषधी र पोषिलो खाना सेवन गरेका कारण नै आफु १२ औँ दिनमा संक्रमणमुक्त भएको उनको प्रतिक्रिया छ । साथै संक्रमण अवधिभरि स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले भने । “आईसोलेसनमा रहँदा भिटामिन सि र भिटामिन डिको सेवन गरे । साथै, पोषणयुक्त खाना खाए । नियमित व्यायाम, पर्याप्त आराम र, उच्च आत्मविश्वास”, नेता गुप्ता भन्छन्, “यति गर्दा त स्वास्थ्यमा कुनै समस्या आएन । १२ दिनसम्म चलेको मेरो र कोराना बिचको युद्धमा त विजयी म नै भए ।”

रोग विरुद्धको प्रतिरोधात्मक क्षमता उच्च बनाउन नरिवलको पानी र मौसमीको जुस उपयोगी हुने उनको धारणा छ । प्रतिरोधात्मक क्षमतालाई प्रभावकारी बनाउन युट्युबमा भेटिएको नरिवल पानी र मौसमीको जुसको विधीले आफुलाई कोरोनामुक्त हुन निकै सहयोगी भुमिका निर्वाह गरेको उनी बताउँछन् । आईसोलेसनमा बस्दा पट्यार लागेन ? समय कसरी बिताए ? भन्ने प्रश्नमा उनी भन्छन्, “समयतालिका बनाएको थियो । कुन समयमा के गर्ने भन्ने कुराको लेखाजोखा गरिसकेको थिए । व्यायाम, आराम र मनोरञ्जनलाई केन्द्रमा राखेर बनाएको तालिकाले पट्यार लाग्न दिएन । आजित हुन दिएन । साथै, आईसोलेसनबाटै फेसबुकका लाईभ विभिन्न कार्यक्रममा सहभागी भए । पट्यार लाग्ने कुरै छोडौ, समय बितेको थाहै भएन ।”

आईसोलेसनमा रहँदा नेता गुप्ता सामाजिक सञ्जालमा निकै सक्रिय थिए । फेसबुक लाईभबाट आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि भएर उनले आईसोलेसन बसाईको अनुभव र आफुले अवलम्बन गरेको सुरक्षा सावधानीका उपायहरु सुनाईरहेका हुन्थे । कोरोनासँग जोडिएका विभिन्न अफवाहरु फैलाइएको उनी बताउँछन् । अफवाहहरुका कारण पनि कोरोनाबारे आमजनमानसमा अनावश्यक त्रासको सृजना भएको उनको भनाई छ ।

उनी भन्छन्, “छुँदै कोरोना सर्दैन । जब संक्रमित व्यक्तिले खोक्ने अथवा हाच्छ्यू गर्ने गर्छ, त्यसबेला सासको माध्यमबाट सो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ । संक्रमित व्यक्तिको नजिक जाँदा सासको माध्यमबाट यो भाइरस जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ । कहिलेकाहीँ यस्ता कण कपडा‚ दराजको ह्यान्डिल र सामानमाथि पनि झर्न सक्छन् । त्यस्ता स्थानमा कसैले आफ्नो हात पु¥याए र त्यो हातले आफ्नो नाक‚ आँखा र मुख छोएमा पनि संक्रमण फैलन सक्छ ।”

संक्रमितको उपचारमा बीरगन्जमा व्याप्त रहेका समस्या देख्दा आफु दुखित भएको उनी भन्छन् । संक्रमणमुक्त भईसकेपछि अब आईसोलेसनमा रहेका अन्य संक्रमितहरुको हौसला वृद्धि गराउने बाटोमा लाग्ने नेता गुप्ताको भनाई छ । संक्रमितलाई अस्पतालसम्म पुर्याउने बन्दोबस्ती मिलाउने तर्फ आफु उन्मुख हुने उनले भने ।

संम्बन्धित समचार

Leave a Comment