बार्सिलोनाका फ्यानलाई निराश खबर !

भाद्र १०,काठमाडौँ । अन्ततस् लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।

कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

क्याम्प नोउ क्लबमा मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन् ।

संम्बन्धित समचार

Leave a Comment