नेता नेपाल भन्छन्-‘प्रचण्डसँग कुरा मिल्यो’

पुस ११, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, सङ्घीयतालगायतका राजनीतिक परिवर्तन विरोधी भएको बताए ।

ओली कम्युनिस्ट विचार, आचरणबाट विचलित भएको र पतनको बाटोमा हिँडेको भन्दै कम्युनिस्ट आन्दोलन नै सिध्याइदिने हो कि भन्ने चिन्ता व्यक्त गरे । ओलीमा गणतन्त्र, सङ्घीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।

ओलीले कुनै पनि समस्याको सहज अवतरण नचाहने नेपालको भनाइ छ । उनले अध्यक्ष प्रचण्डसँग कम्युनिस्ट आन्दोलन, विचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै विगतका कमी कमजोरी सुधार्दै अघि बढ्नेसमेत बताए ।

 

संम्बन्धित समचार

Leave a Comment