हुम्लामा भारी हिमपात, देशभरको मौसम बदलीसँगै अधिकाँश भागमा बर्षा !

पुस १०, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । हिमपात भएसँगै तारा एयरको जहाज हुम्ला विमानस्थलमा थन्किएको छ । आईतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन् । तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो ।

तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिए । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

संम्बन्धित समचार

Leave a Comment