प्रचण्ड–माधव पक्ष: बैठकअघि सांसद्हरुको हस्ताक्षर संकलन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन २१, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन २१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । आज सो पक्षको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा २ बजेदेखि बस्दैछ । बैठकअघि उपस्थित सांसदहरुले हस्ताक्षर गरिरहेका छन् ।

आजको दलको बैठकमा कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।

दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस