प्रतिक्षाको घडी समाप्त : ज्योति लाइफको आइपीओ बाँडफाँडको मिती टुङ्गो !

चैत्र ४, काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड शुक्रबारसम्म हुनसक्ने सम्भावना देखिएको छ । ज्योति लाइफको आइपीओ बाँडफाँड कहिले होला भनि लगानीकर्ताहरूले प्रतिक्षा गरिरहेका छन् । अहिले लगानीकर्ताहरूको आवेदन रुजु गर्ने काम भइरहेको छ । शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने गरि काम भइरहको यदि रुजुको काम ढिलाई भए आगामी साताभित्र बाँडफाँड गरिने बिक्री प्रबन्ध एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका थिए । यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथामार्फत ५ लाख ९४ हजारले सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउनेछन् । कुल आवेदकमध्ये ३२।९२५ आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७ ।०८५ आवेदकको हात खाली हुने बिक्री प्रबन्धकले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Comment