आज देखि लामो दूरीका सार्वजनिक गाडी चल्न पाउने, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह !

साउन ९, काठमाण्डौ । आज देखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् । विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ ।

साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठकाडौंको अनुरोध छ । यसै गरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ ।

संम्बन्धित समचार

Leave a Comment