भदौ १७, काठमाडौं। विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारगत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेर ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँ घटेर एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।