संवैधानिक इजलासबाटै विवाद टुंगो लगाउन प्रधानन्यायाधीश जबरा सकारात्मक

भाद्र २८,काठमाडौँ । प्रधानन्यायाधीशविना संवैधानिक इजलासले न्याय निरुपण गर्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टुंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सकारात्मक देखिएका छन् ।

सोमबार न्यायाधीश र कानुन व्यवसायी सहभागी बार–बेञ्च समन्वय समितिको बैठकका सहभागीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न मिल्ने वा नमिल्ने विवादको निरुपण संवैधानिक इजलासले नै गर्नु उपयुक्त हुने राय दिएका थिए ।

त्यसमा प्रधानन्यायाधीश जबराले आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका बैठक स्रोतले जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Comment