सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असोज ७, काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला रु.१० ले घटेको छ ।

चाँदी बुधबार प्रतितोला रु.एक हजार १६५ मा कारोबार भएको थियो भने बिहीबार प्रतितोला रु. एक हजार १५५ तोकिएको छ ।

 

संम्बन्धित समचार

Leave a Comment