वर्षाका कारण हवाई उडान अवरुद्ध

कात्तिक २, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान अवरुद्ध भएको छ ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् ।

झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । डोल्पा, जोमसोम र तुम्लिङटारका लाठिग निर्धारित उडानहरु समेत प्रभावित भएको कार्यालयले जनाएको छ । पहाडी भेगमा बाक्लो हुस्सुका कारण समेत हवाई उडान प्रभावित बनेको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन्।

संम्बन्धित समचार

Leave a Comment