सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बस्दै

मंसिर ९, काठमाण्डौ । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । बैठकले सम्भवत आगामी बुधबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।

जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका थिए । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने बताइसकेका छन् ।

 

संम्बन्धित समचार

Leave a Comment