आज नेप्से २४५५ अंकमा झर्‍यो

मंसिर २२, काठमाडौं । बुधबार शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३. १० अंकले घटेर २४५५. ८० अंकमा झरेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९. ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर भएका ४२ हजार ९४६ कारोबारबाट २२६ कम्प्नीका ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर किनबेच भए । जसअनुसार कारोबार रकम २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँमा रोकिएको छ ।

बुधबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा बजार राताम्मे देखिएको छ । यद्यपि, स्टाण्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत्, नेपाल एसबीआई बैंक लगायतको शेयर मूल्य भने बढेको छ । बुधबार धेरै गुमाउने कम्पनीहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त लगायतका कम्पनीहरु देखिएका छन् ।

संम्बन्धित समचार

Leave a Comment