आज बालाचतुर्दशी, पशुपतिमा घुइँचो !

मंसिर ५, काठमाण्डौ । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् । पशुपति क्षेत्र विकास कोषले महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने स्पष्ट पारेको छ । सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मंगलबार बिहानै पितृको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर पशुपति क्षेत्र वरपर छर्छन् ।…

पुरा पढ्नुहाेस्