एकीकृत समाजवादीबाट दुई गाउँपालिका अध्यक्षका उम्मेदवार निर्विरोध

बैशाख १२,काठमाडौँ । डोल्पाको दुई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार निर्विरोध भएका छन् । काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष निर्विरोध भएको एकीकृत समाजवादीले जानकारी दिएको छ । समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार काइके गाउँपालिमा अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिमा सेनाङ गुरुङ अध्यक्ष पदमा निर्विरोध भएका हुन् । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा दोर्जेस निर्विरोध भएका छन् भने ६ वटा वडामा अध्यक्षसहित सेटै एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएको ज्वालाले जानकारी दिए । नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादी पार्टी पहिलोपटक आम निर्वाचनमा सहभागी…

पुरा पढ्नुहाेस्