कोरोना भाइरसकोे कारण विश्वको अवस्था अज्ञात : विश्व स्वास्थ्य सङ्गठन

फाल्गुण २१, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसकोे कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ । सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् । कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उहाँले स्पष्ट पारे । सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ…

पुरा पढ्नुहाेस्