चन्द्रागिरी हिल्स रिसोर्टले ल्यायो ‘न्यू इयर इभ’ प्याकेज ! के छ आकर्षक योजना ?

पुस ३, काठमाडौ । चन्द्रागिरी हिल्स रिसोर्टले अंग्रेजी नयाँ वर्षमा ‘न्यू इयर इभ’ प्याकेज ल्याएको छ । रिसोर्टले नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आकर्षक प्याकेजको योजना ल्याएको हो । योजनाअनुसार रिसोर्टले २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स कोठा उपलब्ध गराउने छ । यस्तै, दुईतर्फी केबलकारको टिकट तथा लाइभ बीबीक्यू, स्वीमिङ र स्पामा १० प्रतिशत छुट दिने कम्पनीले बताएको छ । कम्पनीले ‘कम सेलिब्रेट एण्ड मेक योर स्टे मेमोरेबल’ नारासहित यो प्याकेज ल्याएको हो । डिसेम्र अन्तिममा हुने इभमा डिजेको समेत व्यवस्था रहेको बताइएको छ…

पुरा पढ्नुहाेस्